बढ्दैछ साहरुख र आमिरको तनाव

बढ्दैछ साहरुख र आमिरको तनाव


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ मंसिर २०७३
  • 11K
    Shares

चलचित्र रिलिजको तयारीमा रहेका बलिउडका २ सुपरस्टार साहरुख खान र आमिर खान अहिले तनाबमा छन् । ठूला बजेटमा चलचित्र बनाएका यी कलाकार आफ्नो प्रोजेक्ट रिलिजको बेला कुनै समुहले लफडा गरिदिने पो हो कि भन्ने चिन्तामा छन् ।

साहरुख खान अभिनित ‘रईस’ को ट्रेलर रिलिज भए लगत्तै सामाजिक सञ्जालमा टे्रलरको तारिफ गर्नेहरु बढेका छन् । ‘रइस’मा पाकिस्तानी सिरियल हमसफरमा काम गरेकि माहिरा खानले नायिकाको भुमिका निर्वाह गरेकि छिन् । ‘हमसफर’ भारतमा पनि लोकप्रिय थियो ।

पाकिस्तानी कलाकारले अभिनय गरेकै कारण ‘रइस’को प्रदर्शनताका पनि केहि हुने हो कि भन्ने आशंका छदैछ । भारत-पाकिस्तानविच जारी तनाबको विच गएको अक्टुवरमा रिलिज भएको ‘ए दिल है मुस्किल’ विवादमा फसेको थियो । महाराष्ट्रको कट्टरपन्थी क्षेत्रिय राजनितीक दल एमएनएसले चलचित्रमा पाकिस्तानी कलाकार भएकै कारण चलचित्र रोकिदिने चेतावनी दिएका थिए ।

‘रइस’ २०१७ मा रिलिज हुने भएको छ । ‘रइस’को बिरुद्ध अहिलेसम्म कुनै पनि संगठनले विरोध गरेका छैनन् । साहरुखले भन्दा ठूलो चुनौती झेल्नुपर्ने हुन्छ आमिर खानले । उनको चलचित्र ‘दंगल’ क्रिसमसको अवसरमा रिलिज हुने भएको छ । आमिर बलिउडमा प्रसिद्ध कलाकार मानिन्छन् ।

तर, केहि समय अघि भएको असहिष्णुताका सन्दर्भमा उनले टिप्पणी गरेपछि उनको ब्यापाक आलोचना भएको थियो । यतिसम्म कि केहि कम्पनिले आमिरलाई आफ्नो संस्थावाटै अलग गरिदिए । आमिरलाई सो मुद्दा फेरि बढाएर चलचित्र रिलिजमा समस्या उत्पन्न हुने हो कि भन्ने चिन्ता छ ।

केहि कट्टरपन्थी समुहको धम्किकै कारण पाकिस्तानी कलाकारको रोजीरोटी खोसिएको छ । भारत-पाकिस्तानको लडाइको असर, खेल र कलामा समेत पर्न थालेपछि ठूला बजेटका चलचित्र निर्माता तनाबमा छन् । ‘रईस र दंगल’ दुबै ठूला बजेटका चलचित्र हुन् ।

प्रतिक्रिया