त्रिविका सहायक डिन साहलाई विद्यार्थीले कालोमोसो दले

त्रिविका सहायक डिन साहलाई विद्यार्थीले कालोमोसो दले


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ फाल्गुन २०७५
  • 6.8K
    Shares

बबालाल साह

त्रिवि शिक्षाशास्त्रका सहायक डिन बबालाल साहमाथि नेकपाका विद्यार्थी संगठन निकट विद्याथीहरुले कालोमोसो दलेका छन् ।

साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबर्जस्ति यौन दुराचार गर्न खोजेको भन्दै नेकपानिकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका विद्याथीहरुले कालो मोसो दलेका हुन् ।

सहायक डिन साहलाई कालोमोसो दलेलगत्तै विद्यार्थीहरुले प्रहरीलाई जिम्मा लगाएका छन् । साह अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । साहलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले नियन्त्रणमा लिएको छ ।

सो घटनालगत्तै साहलाई त्रिविले निलम्बन गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन साहलाई गरेको हो ।

साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहिन तथा निन्दनीय कार्य गरेको स्पष्ट पार्दै निलम्बन गरिएको त्रिविले जनाएको छ ।

शिक्षा संकायको सम्बन्धन शाखामा काम गर्ने सहायक डीन साहले नेपाल बैंकको कीर्तिपुर शाखा नजिकैको भित्री बाटोमा यौन दुर्व्यवहार गरेको भन्दै ती छात्राले कारबाहीका लागि विश्वविद्यालयमा निवेदन दिएकी छन् ।

सहायक डीन साहले जबर्जस्ती करणी गर्ने उद्देश्यले आफ्नो संवेदनशील अंगमा छोई हातपात गरेको भन्दै छात्राले कारबाहीको माग गर्दै शिक्षा शास्त्र संकाय, उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय, रेक्टरको कार्यालय र महानगरीय प्रहरी वृत्त कालिमाटीमा निवेदन दिएकी छन् ।

 

 

प्रतिक्रिया