लेबनानमा रहेका घरेलु कामदारहरुको हकहितका लागि काम गर्दै आएका दुई नेपाली महिला कामदारलाई लेबनान सरकारले देश निकाला गरेको छ । लेबनान अध्यागमनले सुजना राना र रोजी लिम्बुलाई पक्राउ गरेर देश निकाला गरेको हो । उनीहरुले नेपाली महिलाहरुको समूह ‘नारी’ समेत बनाएका थिए । अध्यागमनले उनीहरुमाथि अवैधानिक नेपाली कामदारलाई सघाएको र घरेलु कामदार भएर अधिकारकर्मी बनेको आरोप लगाएको छ ।
सुजना र रोजीलाई देश निकाला गर्ने निर्णयको त्यहाँका नागरिक समाज लगायतले प्रश्न उठाएका छन् । उनीहरुलाई कानुन व्यवसायी राख्न र आफ्नो बचाउ गर्ने मौका दिनुपर्ने र दोषी देखिएमात्र देश निकाला गर्नुपर्ने आवाज उठेको हो ।