होटल मालिकलाई पूर्वयुवराज पारसले हाने मुक्का

होटल मालिकलाई पूर्वयुवराज पारसले हाने मुक्का


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ फाल्गुन २०७२
  • 28.9K
    Shares

पूर्वयुवराज पारसलाई सुध्रिएको देख्न चाहने उनका शुभचिन्तकहरु फेरि एकपटक निराश भएका छन् । आफूले मागे जति रकम नदिएपछि नातेदारलाई पारसले गतसाता कुटपिट गरेकाले उनका हितौषीहरु निराश हुने स्थिति उत्पन्न भएको हो ।

प्राप्त जानकारीअनुसार पूर्वयुवराज पारस निकै खर्चालु छन् र उकै महिनामा लाखौंलाख रुपैयाँ खर्च गर्ने क्षमता उनमा रहेको छ । आफ्ना पिता ज्ञानेन्द्रबाट आफ्नो आवश्यकता पूरा नहुने भएपछि नातेदार, साथीभाई र शुभचिन्तकहरुसँग पारसले रकम मागेर काम चलाउने गरेका छन् ।

गतसाता पोखरा पुगेका पारसले मागेजति रकम नदिएका कारण फेवा ताल किनारमा रहेको फिसटेल होटलका राणा थरका मालिकलाई उनको कार्यकक्षमै कुटपिट गरे ।

जानकारीअनुसार पारसले ती नातेदार होटल मालिकसँग आफ्नो खर्चको लागि २५ लाख रुपैयाँ मागेका थिए । तर, उनले त्यति ठूलो रकम आफूसँग नभएको बताउँदै पाँच लाखसम्म दिन सकिने जानकारी गराए । त्यसपछि क्रुद्व भएका पारसले ‘के म तसँग भिख माग्दैछु ?’ भन्ने प्रश्न गर्दै मुक्का वर्षाएका थिए । आजको घटना विचार साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया