दीपिकाले १३ करोड लिएपछि कंगनाले बढाइन् पारिश्रमिक

दीपिकाले १३ करोड लिएपछि कंगनाले बढाइन् पारिश्रमिक


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ मंसिर २०७३
  • 12.3K
    Shares

दीपिका र कंगना

बलिउडमा नायिकाहरुको बक्स अफिसमा मात्र लडाई हुँदैन, पारिश्रमिकलाई लिएर पनि ठूलै लफडा हुने गरेको छ । एक नायिकाले पारिश्रमिक बढाएपछि अर्की नायिका चुप बस्न सक्दैनन् । बलिउडमा अहिले नायिका दीपिका पादुकोण र कंगना रनावतविच, को नम्बर १ भन्ने लडाई नै छ । बक्स अफिसमा दुबै सफल छन् ।

चलचित्र ‘पद्यमावती’का लागि नायिका दीपिका पादुकोणले १३ करोड पारिश्रमिक लिएकी छिन् । १३ करोड पारिश्रमिक लिएसँगै उनी सबैभन्दा महंगी नायिका भएकी छिन् । तर, बलिउडमा आफूलाई नम्बर १ नायिका सोच्दै आएकी कंगना दीपिकाकी सबैभन्दा ठूलो दुश्मन हुन् । दीपिका र कंगनाविच कैयौ पटक बादबिबाद पनि भएका छन् ।

उनै, दीपिकाले पारिश्रमिक बढाएपछि कंगनाले एक चलचित्रका लागि १५ करोड पारिश्रमिक मागेकी छिन् । निर्माताले, कंगनाले मागेको रकम दिए या दिएनन् भन्ने खुलेको छैन । तर, यति रकम पाएको खण्डमा कंगना सर्बाधिक पारिश्रमिक लिने नायिका बन्नेछिन् ।

प्रतिक्रिया