खसेका सबै प्याराग्लाइडर्सको सकुशल उद्धार

खसेका सबै प्याराग्लाइडर्सको सकुशल उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ फाल्गुन २०७२
  • 12.6K
    Shares

पोखरामा चलिरहेको प्याराग्लाइडिङ प्रतियोगिताका क्रममा फेवातालमा खसेका प्याराग्लाइडर्सको सकुशल उद्धार गरिएको छ। ७ जना फेवातालमा, एकजना मझेरीपाटन र अर्का एक अर्मलामा दुर्घटनामा परेका थिए। उनीहरू सबैको उद्धार गरिएको छ। कास्कीका प्रहरी प्रमुख एसपी घनश्याम अर्यालका अनुसार बेगसित चलेको हावाले उडिरहेका ग्लाइडर एकैपटक तालमा खसालेको थियो। खसेका सबैको उद्धार भएको उनले बताए।
नेपाल हवाई खेलकुद संस्थाले पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताका संयोजक कृष्ण भण्डारीले हावाले आकाशमा उडिरहेका पाइलटलाइ एकैपटक खसालेको बताए।

साहसिक एवम् मनोरञ्जनात्मक खेलका रुपमा परिचित प्याराग्लाइडिङको प्रि–वर्ल्ड कप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता आइतबारदेखि सुरु भएको हो। नेपाल हवाई खेलकुद संस्थाको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनमा प्रतियोगिता भएको हो।

प्रतिक्रिया