हाकिम बन्‍ने झगडाले स्वास्थ चौकी बन्द, स्थानीय मर्कामा

हाकिम बन्‍ने झगडाले स्वास्थ चौकी बन्द, स्थानीय मर्कामा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ मंसिर २०७३
  • 10.1K
    Shares

अहेब कृष्णहरि भन्छन्,’ हैसियतको कुरा छ’ अहेब कृष्णहरी श्रेष्ठ स्वास्थ्य चौकीको प्रमुख आफू नै रहेको दाबी गर्छन्।’मैले अगाडिदेखि नै चलाएर आएको हुँ, पछि आउनेले अह्राउन थालेपछि कसरी काम गर्न सकिन्छ?’ श्रेष्ठले भने,’मेरो पनि हैसियतको कुरा छ।’

लामो समयसम्म कार्यालयमा किन अनुस्थित भएको भन्‍ने प्रश्नमा कृष्णहरिले आमा बितेका कारण ५ महिना काममा आउन ढिला भएको बताए। उपस्वास्थ चौकीबाट स्वास्थ चौकी बनेपछि सुरु भएको थियो विवाद जिल्ला स्वास्थ्य कार्यालयले उपस्वास्थ्य चौकीबाट स्वास्थ्य चौकीमा परिणत गरेपछि थप कर्मचारीलाई नियुक्त गरी पठाएको थियो। त्यसपछि कार्यालय प्रमुख को ? भन्‍ने विषयमा विवाद सुरु भयो।

उनीहरु दुईको विवादका कारण लामोसमयसम्म पनि सेवा लिन नपाएपछि स्वास्थ्य चौकी व्यवस्थापन समितिले जिल्ला स्वास्थ्य कार्यालयसम्म डेलिगेशन आएर कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको छ। दुबैले सेवा राम्रोसँग नदिएको गाविस सचिव समेत रहेका स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष नुमानन्द अधिकारीले बताए। उनीसँगै समितिका सदस्य बुरकनमाया योञ्जन, बाबुलाल योञ्जन, खुवनाथ दुलाल, भीमकुमारी अधिकारी लगायतले जिल्ला स्वास्थ्य कार्यालयमा लिखित उजुरी दिएका छन्।

जिल्ला जनस्वास्थ कार्यालय भन्छ,’ छानविन गर्छौ’

arjun-sapkota

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. अर्जुन सापकोटाले रक्की राजबंशी कार्यालय प्रमुख भएको बताए। पूर्व इञ्र्चाज कृष्णहरि श्रेष्ठले स्टोरको चाबी आफैले बोकी २०७३ मंसिर २ देखि बिना जानकारी समयमा उपस्थित नहुँदा सिटामोलसम्म खाना नपाएको स्थानीयबासीको गुनासो छ।  डा. अर्जुन प्रसाद सापकोटाले  यस विषयमा आवश्यक छानविन गरी समस्या समाधान गर्ने बताए।’यसको छानबिन गरी बोलाएर मिलेर काम गर्न निर्देशन दिइसकेको छु,’ सापकोटाले भने ‘अब पनि काम भएन भने अन्तिम विकल्प दुवैको सरुवा गरी अर्को ठाउँ पठाउने हो।

प्रतिक्रिया