जनयुद्धको आन्तिम तयारीमा विप्लव माओबादी,५ हजार हतियारसहितको सेना तयार

जनयुद्धको आन्तिम तयारीमा विप्लव माओबादी,५ हजार हतियारसहितको सेना तयार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ फाल्गुन २०७२
  • 35.7K
    Shares

विप्लव माओवादी अहिले के गर्दै होला र सशस्त्र संघर्ष गर्ने उसको प्रतिवद्धता व्यवहारमै रुपान्तरित होला ? या यी माओवादीको मूल नेतृत्वले क्रान्तिलाई धोका दिएको भन्दै विभाजित हुन पुगेको विप्लव नेतृत्वको माओवादीको गतिविधि हिजोआज सुन्नमा आएको छैन । यसबारे रोचक तथ्य फेला परेको छ । स्रोतका अनुसार विप्लव माओवादी सशस्त्र संघर्ष गर्ने अन्तिम निष्कर्षमा पुगिसकेको छ ।

सशस्त्र संघर्षका लागि अनुकूल समय नभएकोले उसले सशस्त्र संघर्ष नगर्ने आँकलन धेरैले गरे पनि विप्लव माओवादी भने अवस्था अनुकूल बन्दै गएको निष्कर्षमा पुगेको छ । यसले यही विश्लेषण गर्दै सशस्त्र संघर्षको तयारीलाई भित्रैभित्रै अघि बढाइरहेको छ । माओवादी स्रोतका अनुसार उसले अहिले छापामार तालिम दिएरु केही युवालाई तम्तयार राखेको छ । पश्चिम नेपालसहितका जिल्लामा उसले यस्ता तालिम दिएको बताइन्छ ।

Biplab Army

झण्डै पाँच हजारको हाराहारीमा हतियारसहितको सेना तयार पारेको स्रोतको दाबी छ । स्रोतका अनुसार विप्लव माओवादीले अहिले आफ्ना सबै आन्तरिक संयन्त्त सैन्य विस्तारमा लगाएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया