राष्ट्रपति ट्रम्पद्वारा अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

राष्ट्रपति ट्रम्पद्वारा अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ४ फाल्गुन २०७५
  • 6K
    Shares

डोनाल्ड ट्रम्प

अन्तत: अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा हुने नै भएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर अमेरिकालाई यो स्थितिमा पुर्याएका हुन्।

अमेरिकी संसदले मेक्सिको सिमानामा पर्खाल ठड्याउन मागेअनुसार ५.७ बिलियन अमेरिकी डलर दिन अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले मुलुकमा संकटकालको घोषणा गरेका हुन् ।

राष्ट्रिय संकटकाल घोषणा गर्नुअघि राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उनले अमेरिकामा संकटकाल लगाउँनुपर्ने उनको कारण बताए।उनले मेक्सिकोको सिमाक्षेत्रबाट कागजपत्रविहिनहरु आउने क्रम रोक्न तथा लागुऔषध र अपराधीहरुबाट अमेरिकालाई जोगाउन सिमामा पर्खाद दगाउनुको विकल्प नरहेको बताए। त्यसका लागि संसदले बजेट नछुट्याएपछि अमेरिकालाई बचाउन उनले संकटकालको घोषणा गरेको बताए।

अमेरिकामा सन् १९७९ यता विभिन्न विषयलाई लिएर ५८ पटक राष्ट्रिय संकटकाल घोषणा गरिएका छन्। तीमध्ये ३१ वटा अझै पनि कायम रहेको तथ्यांक सार्वजनिक भएको छ।

राष्ट्रपति ट्रम्प राष्ट्रिय संकटकाल लगाएर अमेरिकी सैनिकका लागि अन्य प्रयोजनमा छुट्याइएको ३.६ बिलियन बजेट पर्खाल निर्माणमा लगाउने योजनामा छन्।उनी लागु औषधबिरुद्धको २.५ बिलियन र ट्रेजरी डिपार्टमेन्टको ६ सय मिलियन डलर पनि पर्खाल निर्माणमा लगाउने ध्याउन्नमा छन्।

यसअघि अमेरिकी संसदले एक बाइपार्टिसन सम्झौताअनुसार सिमानामा तारबार लगाउन १.३७५ बिलियन डलर छुट्याएको थियो।

प्रतिक्रिया