तातोपानी नाका नेपालको लागि सधैं बन्द हुनसक्ने संकेत

तातोपानी नाका नेपालको लागि सधैं बन्द हुनसक्ने संकेत


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ फाल्गुन २०७२
  • 12K
    Shares

चीनले बैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलु्कको सबैभन्दा ठूलो उत्तरी नाका ‘तातोपानी नाका नओल्ने संकेत गरेको छ । नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी ननाका खासास्थित चिनियाँ भन्सार खुलाउन पटक पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भोगोलिक कारण उक्त नाका सधैंका लागि बन्द हुनसक्ने जनाउ दिएको  छ । भूकम्पलगत्तै नाका सञ्चालन नगर्न  विभिन्न बाहाना देखाएको चीनले पछिल्लोपटक खासाको भौगर्भिक अवस्था मानव बासोबास लायक नभएकमो जानकारी गराएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अयालले चीनले खासामा पहिले जस्तै भन्सार र अध्यागमन कार्यालय राखेर सञ्चालन गर्न सम्भव नभएको जानकारी दिएको बताए । सरकारी अधिकारीहरुका अनुसार चीनले खासालाई अहिले महत्व नदिनुमा केरुङसम्म रेल ल्याउने उसको योजना छ ।

त्यस्तै, काठमाडौंमा भइरहने फ्री तिब्बत गतिविधिमा खासाका चिनियाँ व्यापारीको संलग्नताले पनि चीन खासा नाका खोल्न चाहँदैन ।खासमा रहेका चिनियाँ व्यापारीले लामो समयदेखि काठमाडौंमा चलिरहेको फ्री तिब्बत आन्दोलनलाई सहयोग गर्दै आएको बुझाई चीनको छ ।अाजको नागिरक दैनिकमा खबर छ

प्रतिक्रिया