१४ जना परिवारका सदस्यको हत्या गरी आत्महत्या

१४ जना परिवारका सदस्यको हत्या गरी आत्महत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ फाल्गुन २०७२
  • 14.2K
    Shares

एक ३५ वर्षीय व्यक्तिले आफ्ना परिवारका १४ सदस्यको हत्या गरी आत्महत्या गरेका छन् । मारिनेमा ७ बालबालिकासमेत रहेका छन् । भारतको महाराष्ट्रको थाने प्रहरीका अनुसार कसारवाडावली क्षेत्रमा उक्त घटना भएको हो । हत्या आरोपी हसनिल वारेकर रहेको प्रहरीले बताएको छ । वारेकरले पहिले आफ्ना परिवारका सदस्यहरुलाई बेहोस बनाएर ठूलो छुरीले घाँटी रेटेर हत्या गरेका थिए । मारिनेमा उनका आमा बुवा, पत्नी, दिदी–बहिनीहरु रहेका छन् । समाचार एजेन्सी एएनआइका अनुसार वारेकर छुरी हातमा लिएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।

आइतबार बिहान शवहरु बरामद गरिएको थियो । घटनामा एक मात्र महिला जीवित रहेका बताइएको छ । उनको परिचय खुलाइएको छैन । उनको निजी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको कारण नखुलाए पनि अंश विवादमा यो घटना भएको अनुमान गरिउको छ । शवहरुलाई थानेस्थित सिभिल अस्पतालमा पठाइएको थाने प्रहरीका प्रवक्ता गजनान काबडुलेले बताए ।

प्रतिक्रिया