चक्लेटी अभिनेता आर्यन सिग्देल विवाह बन्धनमा बाँधिएको दुई बर्ष भईसकेको छ । कोही पनि कुनै पनि क्षेत्रमा सेटल भएर विवाह गर्यो भने उसको सन्तानको बारेमा धेरैलाई चासो हुन्छ । त्यसमाथि पनि सेलिब्रेटीको प्रेम, विवाह र सन्तानको बारेमा सबैलाई जान्न मन लाग्छ । यहि मेसोमा विवाहित आर्यन अब पिता कहिले हुने भन्ने कुरा धेरैको चासोको विषय बनेको छ ।
यहि विषयमा हामीले आर्यनकी पत्नी सपना सिग्देलसँग सन्तानको बारेमा के सोच्नु भएको छ भनेर प्रश्न गरेका थियौँ । यसको जवाफमा उनले हाँस्दै “सन्तानको बारेमा धेरै सोचेका छौँ नी”, भनिन् ।
विवाह पछि सपनाको अध्ययनमा बाधा नहोस् भन्ने हेतुले नै उनीहरुले सन्तान जन्माउने कुरामा ध्यान नदिएका हुन् । तर अब भने सपनाले आफ्नो अध्ययन पनि सकाएकी छिन् ।
उनको मास्टर फाईनल भईसकेको छ । त्यसैकारण अब उनीहरुको सन्तान हुनसक्ने संकेत सपनाले हामीलाई दिएकी छिन् । यस बारेमा बोल्दै उनले भनिन्, “यहि समयमा सन्तान जन्माउँछौँ भन्ने त थाहा छैन तर अब भने हामीले विचार गरेका छौँ ।”