अख्तियारको लिष्टमा १२ बर्षअघि मृत्यु भएका शिक्षक

अख्तियारको लिष्टमा १२ बर्षअघि मृत्यु भएका शिक्षक


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ फाल्गुन २०७२
  • 12.8K
    Shares

उदयपुर हडिया गाविसको खैराहा प्राविमा कार्यरत शिक्षिका गंगा देवी ढकालको २०६० सालमा क्यान्सर रोगको कारण मृत्यु भयो । तर मृत्यु भएको १२ बर्ष पछि अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले आर्थिक बर्ष २०७२/७३ सुरुमा सम्पति विवरण नबुझाएको भन्दै जिल्ला शिक्षा कार्यालयमा पत्र पठायो । माघको दोस्रो हप्ता जिल्ला शिक्षा कार्यालय उदयपुरमा प्राप्त अख्तियारको नामावलीमा मृत्यु भई सकेका एक दर्जन बढि शिक्षकको नामावली समेत आए पछि अख्तियारको विश्वसनियता माथि नै प्रश्न उठेको छ । नन्दीलाल साह हलुवाई, आमसाल निमाविका शिक्षक राम प्रसाद चौधरी, महेन्द्र निमाविका रेवान सिंह राई, मादले प्राविका लेख विक्रम राउत, ज्योती उमाविका लोक नाथ राउत क्षेत्री, उच्चमावि भलायडाडाका बिष्णु बहादुर मल्ल जरे प्राविका श्रीकान्त गुप्ता, कालिका प्राविका सिंहेश्वर यादवको मृत्यु भईसकेको जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ ।
अख्तियारको पत्र आए पछि स्रोत व्यक्तिहरु सँग छलफल गर्दा एक दर्जन मृत्यु भईसकेको जानकारी आएको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी तथा सूचना अधिकारी भुपेन्द्र कोईरालाले बताए ।
‘यस आर्थिक बर्षको सूरुमा १२ बर्ष अघिनै मृत्यु भएका शिक्षकको नाम कसरी आयो भनेर शिक्षा कार्यालय आश्चर्यमा परेको छ ।’ सहायका जिशिअ कोइरालाले बताए ।
कोईरालाका अनुसार प्राप्त लिष्टमा ८० प्रतिसत शिक्षकले सम्पती विवरण बुझाई सकेका जिल्ला शिक्षा कार्यालयको रेकर्डमा छ । भदौ १७ गते जिल्ला शिक्षा कार्यालय उदयपुरले प्राप्त ८३० जना शिक्षकको नामावली शिक्षक किताव खानलाई बुझाएको अभिलेखबाट देखिन्छ । उदयपुरका तीन सय ९८ जना शिक्षकहरुको नामावलीमा अधिकांस शिक्षकका विद्यालयको ठेगाना, सिटरोल नम्बर, बाबु बाजेको नाम गलत पाईएको छ ।
मृतक मात्र नभएर तिन दर्जन शिक्षक उमेरहदको कारण अवकास पाईसकेका व्यक्ति समेत अख्तियारको नामावलीमा परेकाले अहिले जागिर छाडिसकेका शिक्षकहरु मानसिक यातना भोग्न बाध्य भएको २०५९ सालमा सरस्वती मावि उदयपुरका शिक्षक मोहरबक्स अलीले गुनासो गरे । उनले भने ‘मैले १३ बर्ष अघि अवकास लिएको हु तर चालु आर्थिक बर्षको सुरुमा सम्पती विवरण नबुझाउनेको नाम कसरी पर्यो मलाई थाहा भएन’ । आफूहरु शिक्षकको पेशाबाट सम्मानका साथ अवकास लिएको मान्छे भएकाले र अख्तियारले अहिले आएर अनावश्यक मानसिक यातना दिएको अलिको भनाई छ ।

जिल्ला शिक्षा कार्यालय उदयपुरका अनुसार प्राविका ३ सय ३३, निमाविका ३९ र माविका २६ जना शिक्षकले आफ्नो सम्पत्ति विवरण नबुझाएकाले उनीहरु पाँच हजार असुल गर्न मन्त्रालय र अख्तियार पठाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया