नेपालको आन्दोलनप्रति बेलायतको चासो, प्रदर्शनमा सहभागी नहुन अाफ्ना नागरिकलाइ अाग्रह

नेपालको आन्दोलनप्रति बेलायतको चासो, प्रदर्शनमा सहभागी नहुन अाफ्ना नागरिकलाइ अाग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १६ मंसिर २०७३
  • 10.7K
    Shares

संविधान संशाेधनविरूद्ध नेपालका विभिन्न स्थानमा सुरू भएकाे अान्दाेलनप्रति वेलायतले चासाे देखाएकाे छ। वेलायतकाे विदेश मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपालमा रहेका आफ्ना नागरिकलाई आन्दोलनबारे सचेत गराएको हो।

बेलायतको मन्त्रालयले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई राजनैतिक गतिविधिदेखि टाढै रहन समेत आग्रह गरेको छ।

विधान संशोधनको बिषयलाई लिएर उब्जेका बिवादले उत्पन्न गर्न सक्ने राजनीतिक अस्थिरतालाई संकेत गर्दै बेलायतको मन्त्रालयले नेपाल भ्रमण गर्ने क्रममा आफ्ना नागरिकलाई राजनैतिक गतिविधिदेखि टाढै रहन समेत आग्रह गरेको छ।

राजनीतिक उद्देश्य राखेर नेपालमा सुरू भएकाे आन्दोलनमा सहभागी नहुन समेत आफ्ना नागरिकलाई उसले सम्झाएकाे छ। आन्दोलनमा सहभागी भए कानून बमोजिम देश निकाला वा दण्ड सजाय हुने जनाउ दिएको छ।

वेलायतले अाफ्ना नागरिकलाइ नेपालका बिभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच दंगा हुँदा यातायत अबरुद्ध हुनसक्ने तर्फ सचेत गराएकाे छ।

यसअघि गत मे महिनामा संघीय गठबन्धनले आयोजना गरेको सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएका भन्दै बेलायती नागरिकलाई पक्राउ गरिएको थियो। टाउकामा “मगरात” लेखिएको फेटा र हातमा गठबन्धनका कार्यकर्ताले झैं झन्डा बोकेर घेराउमा संलग्न बेलायती नागरिक मार्टिन बेन्जामिन ट्रेभर्सको राजनीतिक संलग्नता नदेखिएको भन्दै उनलाई पछि प्रहरीले रिहा गरेको थियो। त्याेभन्दा अघि एक जना क्यानेडियन नागरिकले अान्दाेलनकारीकाे पक्षमा सार्वजनिक अभिव्यक्ति दिएपछि सरकारले उनलाइ देश निकाला गरेकाे थियाे।

प्रतिक्रिया