पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा अबैध ड्रोन क्यामरा उडाएको अभियोगमा तिन जना अमेरीकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल कै अग्ला र लामा पुलहरुले घेरिएको पर्वत जिल्लामा आज मुक्तिनाथ मन्दिर मुस्ताङ्गबाट फर्किएका अमेरीकी नागरिकले ड्रोन क्यामरा उडाएका थिए ।
आज मात्रै सर्बसाधारण नागरिकको लागि खुल्ला गरिएको कुश्मा मुडिकुवा झोलुङ्गे पुल तथा पर्वत जिल्ला र बाग्लुङ्ग जिल्ला जोड्ने अर्को कुश्मा कैया झोलुङ्गे पुलमा उनीहरुले ड्रोन क्यामरा उडाएका थिए ।
सुरक्षाको हिसावले अति संबेदनशिल स्थाल शसस्त्र प्रहरी बल चण्डीका गण नजिकै उनीहरुले ड्रोन क्यामरा उडाएका थिए । उनीहरुले किन र केको लागि ड्रोन क्यामरा उडाएको भन्नेबारे जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान भैरहेको पर्वत प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।