क्यान्सर गम्भिर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ ।
शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।
२. दुब्लाउँदै जानु वा वजन कम हुनु
यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन । डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन ।