मुलुकको सुरुङ, टनेल र मेट्रो रेल विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नयाँ विभागको स्थापना हुने भएको छ ।
२६औँ वार्षिकोत्सवका अवसरमा सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चर इञ्जिनियरिङ फर्मसद्वारा राजधानीमा आइतबार आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मुलुकको सुरुङ, टनेल र मेट्रो रेल विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नयाँ विभागको स्थापना हुने तयारी भइरहेको जानकारी दिए। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौं।
मुलुकको आर्थिक समृद्धिबिना लोकतन्त्रको संस्थागत विकास सम्भव नरहेको बताउँदै उनले मुलुकको आर्थिक विकासका लागि आफूले आफ्नो पद र हैसियत अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा डा. विनोदलाल अमात्यले ‘मेट्रो रेल सञ्जालमार्फत काठमाडौँ उपत्यकाको नयाँ विकास’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।