रुकुमको रातापहरामा मिनि ट्रक दुर्घटना, दुईको मृत्यु

रुकुमको रातापहरामा मिनि ट्रक दुर्घटना, दुईको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ४ मंसिर २०७३
  • 9.9K
    Shares

रुकुमको रुकुमकोट–९ को रातापहरामा मिनि ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएकोछ । काक्रीबाट रुकुमकोटका लागि छुटेको  बा १ ख ९६९१ नम्बरको मिनि ट्रक आइतबार बिहान दुर्घटना हुँदा मारोवाङ–३ की सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर बिकको ज्यान गएको हो ।

दुर्घटनामा तीन जना घाइते भएका छन । घाइते हुनेमा मारोवाङ–३ की  पुर्णीमा सुनार, सल्यानका अर्जुन बिक र रुकुम स्यालाखदीका कमल बिक रहेको प्रहरीले जनाएको छ । घाइतेको स्वास्थ्य चौकी रुकुमकोटमा उपचार भैरहेको छ ।

घटनाको खबर पाए लगतै इलाका प्रहरी कार्यालय रुकुमकोटको प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका हुन् । दुर्घटनाको कारण थाहा नभएको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया