कार्यकर्ता रिहाईको माग गर्दै माओवादीले टायर बाले

कार्यकर्ता रिहाईको माग गर्दै माओवादीले टायर बाले


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ कार्तिक २०७३
  • 9.8K
    Shares

आफ्ना कार्यकर्ता गिरफ्तारीको बिरोधमा नेकपा (माओबादी) कास्कीले आज बिहान पोखराको पृथ्वीचोकस्थित चाइना पुल नजिक टायर बालेको छ l करीब एक  दर्जनको संख्यामा आएका माओबादी कार्यकर्ताले टायर बालेर नारा लगाएका थिए l उनीहरुले नारा मार्फत प्रहरी नियन्त्रणमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्नुका साथै महंगीको बिरोध पनि गरेका थिए l माओबादी कार्यकर्ताले टायर बालेको थाहा पाउनासाथ प्रहरीले तुरुन्त आगो निभाएका थिए l

tyretyre-1

 

पोखराको अमरसिंह चोक नजिक ठूलो सवारी माथि आक्रमण गरेको भन्दै नेकपा माओवादीका जिल्ला सदस्य एवं सेक्युरिटी मजदुर अमृत शर्मा सापकोटालाई प्रहरीले हिरासतमा लिएको छ । माओवादी कास्कीका सेक्रेटरी पुर्णजित पुन उभारले भने बन्दको अवज्ञा नगर्नको निम्ति शान्तिपुर्ण रुपमा सजक रहदै सवारी चालकलाई अनुरोध गर्दै गर्दा प्रहरीले धरपकड गरेको दाबी गरेका छन् । हाल प्रकाउ परेका सापकोटालाई वडा प्रहरी कार्यालय रामबजारमा राखिएको प्रहरी स्रोतले वताएको छ ।

नेकपा माओवादीका जिल्ला सदस्य एवं सेक्युरिटी मजदुर अमृत शर्मा सापकोटा
नेकपा माओवादीका जिल्ला सदस्य एवं सेक्युरिटी मजदुर अमृत शर्मा सापकोटा

 

प्रतिक्रिया