माओबादीले दलाललाई चोकमा ल्याएर कालोमोसो र जुत्ताको माला लगाउने

माओबादीले दलाललाई चोकमा ल्याएर कालोमोसो र जुत्ताको माला लगाउने


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ कार्तिक २०७३
  • 10.4K
    Shares

महंगी तथा भ्रस्टाचार नियन्त्रण तथा खाध्य अधिकार सुनिस्चिताताको माग राखेर नेत्र बिक्रम चन्द (विप्लब) नेतृत्वको नेकपा (माओबादी) ले याहे कार्तिक २८ गते आयोजना गरेको नेपाल बन्दको पूर्व तयारीका रुपमा आज बिहान नौ बजे कास्की माओबादीलेपोखराको पृथ्वीचोक सांकेतिक रुपमा बन्द गर्यो l सो अबसरमा उपस्थित माओबादी कार्यकर्ताहरुले खाध्य अधिकार सुनिस्चित गर, महंगी नियन्त्रण गर, भ्रस्टाचारीलाई कारबाही गर, बिचौलिया होसियार, नेकपा(माओबादी) जिन्दाबाद” लगायतका नाराहरु लगाएका थिए l
pokhara-banda
पोखराको पृथ्वीचोकमा सांकेतिक बन्दका क्रममा नाराबाजी गर्दै माओबादी कार्यकर्ताहरु
     पोखराको पृथ्वीचोकमा सांकेतिक बन्दका क्रममा नाराबाजी गर्दै माओबादी कार्यकर्ताहरु
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओबादी) कास्कीका सचिबालय सदस्य गोकुल पराजुलीले महंगी तथा भ्रस्टाचार नियन्त्रण तथा खाध्य अधिकार सुनिस्चित नभएसम्म आफ्नो पार्टीले निरन्तर रुपमा संघर्षका कार्यक्रमहरु गरिरहने बताए l उनले महंगी तथा भ्रस्टाचार नियन्त्रणमा बाधक रहेका बिचौलिया (दलाल)हरुप्रति इंगित गर्दै दलालहरुले आफ्ना गलत हर्कतहरु नरोके आफ्नो पार्टीले त्यस्ता दलालहरुलाई चोकमा ल्याएर कालोमोसो र जुत्ताको माला लगाउने चेताबनी दिए .
कार्यक्रम नेकपा (माओबादी) कास्कीका सदस्य परिबर्तन्ले संचालन गरेका थिए l

प्रतिक्रिया