विस्फोटक पदार्थसहित नेपाली दम्पत्ति सिलिगुडीमा पक्राउ

विस्फोटक पदार्थसहित नेपाली दम्पत्ति सिलिगुडीमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ कार्तिक २०७३
  • 10K
    Shares

भारतको सिलिगुडीमा ठूलो परिमाणमा विस्फोटक पदार्थसहित एक दम्पत्तिसहित तीन नेपाली पक्राउ परेका छन् ।  उनीहरुको साथबाट ६०९ थान जिलाटिन स्टिक र २०० थान डेटोनेटर बरामद भएको छ । यो सामाग्रीको प्रयोग गरेर ठूलै विस्फोट गराउन सक्ने प्रहरीको दाबी छ ।

गोप्य सूचनाका आधारमा दार्जीलिङको मोरमा रहेको दाबा छिरिङ भुटियाको कोठाबाट विस्फोटक पदार्थ बरामद भएको छ । साथै प्रहरीले दावा गुरुङ नामले समेत चिनिने दाबा छिरिङ भुटिया, उनकी पत्नी पूजा लिम्बु र कृष्णप्रसाद अधिकारी छन् ।

प्रहरीका अनुसार, , छ महिनाअघि  दार्जीलिङ आएका उनीहरुले सिलोङमा कोइलाखानीमा काम गर्दै आएका थिए ।दाबा र पूजाले दार्जलिङमा फास्टफुड क्याफे चलाइरहेका थिए भने कृष्ण सुरक्षा गार्डको काम गर्थे । यद्यपि उनीहरुको कुनै सशस्त्र र आतंककारी समूहसँग संलग्न भए नभएको अनुसंचान भैरहेको सिलिगुडीका पुलिस कमिसनर सी एस लोप्चाले बताए । तर, केही समयअघि सिलुगुडीमा आतांककारी हमला हुन सक्ने सूचना पाएको बताइएको छ । सन् २०१४ अक्टोबर २ मा दार्जीलिङको खाग्रागोरमा ठूलो विस्फोट भएको थियो र यसमा जेयूएमबी समूह संलग्न रहेको बताइएको छ ।

प्रतिक्रिया