मुखर्जी भ्रमणको बिरोध गर्ने चार माओबादी नेता चार घन्टा पछी रिहा

मुखर्जी भ्रमणको बिरोध गर्ने चार माओबादी नेता चार घन्टा पछी रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ कार्तिक २०७३
  • 20.7K
    Shares

रिहा भएका नेकपा माओबादीद्वारा गठित कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी “जगन बा”, माओबादी गण्डक ब्युरो सदस्य भिम चापागाईं तथा टिकाराम घिमिरे र बम बहादुर हितान मगर

भारतिय राष्ट्रपति प्रणव मुखर्जिको पोखरा आगमनको बिरोधको तयारी गरिरहेका विप्लव नेतृत्वको नेकपा माओबादी कास्कीका चार जना नेता तथा कार्यकर्तालाई प्रहरीले चार घन्टा पछी बिना शर्त रिहा गरेको छ l रिहा हुनेहरुना नेकपा माओबादीद्वारा गठित कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी “जगन बा”, माओबादी गण्डक ब्युरो सदस्य भिम चापागाईं तथा टिकाराम घिमिरे र बम बहादुर हितान मगर रहेका छन् l

मुखर्जी पोखरा बिमानस्थलमा ल्याण्ड हुने समय पारेर पोखराको हनुमानटोलबाट कालो झण्डा सहितको ३० वटा बेलुन उडाएपछि खोजि गर्दै जाँदा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो l रिहा भएपछी नेकपा (माओबादी) कास्कीले उनीहरुलाई एक कार्यक्रम गरि स्वागत गरेको थियो l

jadan-baa

उक्त सम्मान कार्यक्रममा माओबादीद्वारा गठित कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी “जगन बा”ले आफुहरु सोझासाझा, गरीब, किसान, मजदुर र उत्पीडित बर्गका लागि सधैं लडिरहन तयार रहेको बताएका थिए l उनले आफ्नो देशको रक्षार्थ पाकिस्तानको सीमामा गोर्खा सैनिक परिचालन नगर्न माग गर्दै तुरुन्त गोर्खा भर्ति केन्द्र बन्द गर्न आबहान गरेका थिए l

 

प्रतिक्रिया