भ्यालेन्टाइनमा प्रेमी भेटेपछि जिम्निष्टीको रहस्यमय ‘मृत्यु’

भ्यालेन्टाइनमा प्रेमी भेटेपछि जिम्निष्टीको रहस्यमय ‘मृत्यु’


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ फाल्गुन २०७२
  • 14.9K
    Shares

पोखरामा नायिका नेहा पुन मगरको हत्याको घटना सेलाउन नपाउँदै गुल्मी घर भई बुटवलमा अध्ययनरत एक युवतीको रहस्यमय मृत्यु भएको छ । नायिका पुनको जस्तै तरीकाले हत्या भएका् भन्दै उनका प्रेमी अनुसन्धानका क्रममा तानिएका छन् । फागुन १ गते शनिबार (भ्यालेन्टाइन इभ) मध्यरातमा घरबाट निस्किएकी २० बर्षीया जिम्निष्टी टण्डनको शव सिद्धबाबा नजिकैको तिनाउ खोला किनारमा चार गते सोमबार भेटिएको  थियो । उनको शवलाई बुटवलको लुम्बिनी अञ्चल अस्पतालले पोष्टमार्टम र थप अनुसन्धानका लगि भन्दै टिचिङ अस्पताल काठमाडौं पठाएको छ ।

जिम्निष्टी र सन्दिपबीच प्रेम !

रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगर बस्ने जिम्निष्टी बुटवल देवनिगरस्थित सिसिटी कलेजकी स्नातक दोश्रो बर्षकी बिद्यार्थी हुन् । प्रहरीको अनु्सन्धानका क्रममा जिम्निष्टी र एउटै कलेज पढ्ने दाङका २४ बर्षीय सन्दीप बस्नेतबीच प्रेम सम्वन्ध रहेको खुलेको छ । आफूभन्दा १ ब्याज सिनियर रहेका बस्नेतसँग उनको दैनिक भेटघाट र फोनमा कुराकानी हुन्थ्यो ।

लामो समयदेखि प्रेम सम्वन्धमा रहेका उनीहरुबीच बेलाबेला खटपट समेत हुने गरेको थियो । तर, पछिल्ला दिनमा सम्वन्ध राम्रो रहेको बताइएको छ । पछिल्लो समय घरमा गएका सन्दीप माघ २९ गते बुटवल आएर पुरानो बसपार्कस्थित शुभलक्ष्मी गेष्ट हाउसमा बसेका थिए । उनीसँगै साथी पनि थिए । उनीहरु गाडी बनाउन भनेर बुटवल आएका थिए । १ गते पनि गाडी नबनेपछि उनीहरु त्यहि बसे ।

प्रेमिका टण्डनले बस्Jimnasty-tandan-1नेतलाई भेट्न आउन आग्रह गरेपछि सन्दिपले फागुन १ गते राति साढे १२ बजे होटल मालिकलाई ‘अस्पताल जानुछ’ भनेर ढोका खोल्न लगाए र बाहिर गए ।

बस्नेत र टण्डन बुटवल र तिलोत्तमाको सीमाना योगिकुटीमा राती साढे १२ बजेतिर भेटेर गफगाफ गरेका थिए । उनीहरु दुबैजना साढे ५ बजे होटेल पुगेको होटल संचालकले बताए । ३ जना त्यहि बसेर छलफल समेत गरेका थिए ।

उनीहरु होटलबाट सात बजे निस्किएका थिए । चार गते टण्डनको शव भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले सन्दिपलाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका सन्दिपले फागुन २ गते आफू काठमाडौंका लागि बस चढेको र पछि उनीसंग सम्पर्क नभएको बताएका छन् । छुट्ने बेलामा टण्डनले आफू अब घर नर्फकने भन्दै चेतावनी दिएकोे प्रहरीलाई बयान दिएका छन् ।

टण्डनले सोहि दिन धेरै साथिहरुलाई फोन गरेर ‘मेरो अन्तिम यात्रा सिद्धबाबातिर जाँदैछु, अब फर्किन्न’ भनेको अनुसन्धानबाट फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक राजु कार्कीले बताए । उनले भने  ‘हामी अनुसन्धानमै छौं, आत्महत्या वा हत्या के हो केहि दिनमै खुल्छ’ ।

प्रतिक्रिया