राष्ट्रिय निकुञ्जअन्तर्गतको झन्डै तीनहजार हेक्टर वन क्षेत्र लामो समयदेखि अतिक्रमणमा परेको छ । अतिक्रमण गर्ने स्थानीयलाई राजनीतिक दलका स्थानीय नेताले साथ दिएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यवजन्तु संरक्षण विभागले वन क्षेत्रलाई निकुञ्जमै फर्काउन सकेको छैन ।
नेपालका ६ राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षको दुई हजार ८ सय ७५ दशमलब ९८ हेक्टर वन अतिक्रमण भएको आजको नयाँ पत्रिकामा समाचार छ । मानव वस्तीले वन क्षेत्रलाई अतिक्रमण गर्दा वन्यजन्तुलाई असर पर्ने देखिएपछि वन अतिक्रमण नियन्त्रण रणनीति २०६८ ल्याइएको थियो । तर, राजनीतिक दलको साथ पाएका स्थानीयवासीले छोड्न नमानेपछि पूर्ववत अवस्थामा ल्याउन नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका व्यवस्थापन अधिकृत नारायण रुपाखेतीले बताए ।