३३ किलो सुनकाण्डका मुख्य नाईके चुणामणि उप्रेती ‘गोरे’का प्रमुख साझेदार हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा फरार रहेका हरिशरण खड्काबिरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेपछी खड्कालाई गत साता दुबई प्रहरीले पक्राउ गरेको हो ।
गिरोहका नाइकेमध्ये एक चुणामणि उप्रेती ‘गोरे’का भाई पनि दुबईमा पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीको दाबी छ ।
खड्का लामो समयदेखि दुबई बस्दै आएका छन् । उनीविरुद्ध दुई वर्षअघि पनि सिआईबीले मुद्दा दायर गरेको थियो ।
यसअघि सोही मुद्दामा दुबईबाट पक्राउ गरी प्रहरीले बेनु श्रेष्ठलाई नेपाल ल्याएको थियो ।