नायिका श्वेता खड्काको मुहारमा चमत्कारिक मुस्कान

नायिका श्वेता खड्काको मुहारमा चमत्कारिक मुस्कान


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ असोज २०७३
  • 45.5K
    Shares

नायिका श्वेता खड्काको मुहारमा चमत्कारिक मुस्कान

पति वियोगको पिडाबाट गुज्री रहेकी नायिका श्वेता खड्का आँशुको भेलमा डुबेकी थिईन उनको सुन्दर मुहारमा थिएन मुस्कान केवल फिक्का मलिन अनुहार केवल चिन्ता र शोकले बिताईन लामो समय, सायद त्यो क्षण सम्झिदा कसैले पनि नायिका श्वेताको मुहारमा मुस्कान फेरी फर्किन्छ भनेर काल्पन सम्म गर्न सक्दैन थिए खुसीको कुरा यो होकी उनको मुहारमा मन्द मुस्कान खुसीको बहार फर्किएको छ।

नायिका श्वेता खड्काको मुहारमा चमत्कारिक मुस्कान
                                                               नायिका श्वेता खड्काको मुहारमा चमत्कारिक मुस्कान

यति खेर उनले निकै दरो आत्मबल बनाएकी छिन। उनि भन्नुहुन्छ कसैले सम्झाएर यो मन सम्झिने हैन यसलाई आफैले आफुलाई सम्झाउनु पर्छ अनि सम्हाल्नु पर्छ मैले यसै गरे। यो मनलाई धेरै सम्झाएँ भुझाएँ अनि दरो बनाएँ। यतिखेर उनि फेरी फिल्म क्षेत्र मै फर्किने तयारीमा छिन। नायिका श्वेताको यो अदम्य साहासले उनि धेरैको प्रेणाको श्रोत बनेकी छिन। हुनत उनले कसैले भोग्न नपरेको निकै अनौठो र असाधारण दु:ख भोग्नु परेको थियो।

नायिका श्वेता खड्काको मुहारमा चमत्कारिक मुस्कान
                                                नायिका श्वेता खड्काको मुहारमा चमत्कारिक मुस्कान

वियोगको दुई बर्ष पछि उनले हर्ष उल्लासका साथ विजय दशमी २०७३ मनाएकी छिन। उनले आफ्नो त्रियानब्बे बर्षे पिताको हातबाट रातो टिका र जमरा ग्रहण गरेकी छिन। यो खबरले धेरै उनका निरास दर्शकहरु, शुभचिन्तकहरु खुसीले गतगत भएका खबरहरु आएको छ। उनका मुहारमा मुस्कान चाहानेहरु धेरै थिए सबैको कामना पुरा भएको छ। उनको पिताले उनलाई ‘हिम्मत नहार्नु, अगाडी बढ्नु, कोहीसँग पनि नझुक्नु’ भनेर आशिर्वाद दिनु भएको छ।

पितासंगा दशैंको टिका ग्रहण गरि आशिर्बाद लिंदै  पितासंगा दशैंको टिका ग्रहण गरि आशिर्बाद लिंदै

आफ्ना आमा बुबाको साथमा स्वेता
                                                              आफ्ना आमा बुबाको साथमा स्वेता
आफ्ना साथि संगीनिसंग स्वेता
                                                                 आफ्ना साथि संगीनिसंग स्वेता

प्रतिक्रिया