कलाकार रेखा थापा सँग सम्बन्ध बिच्छेद गरेर बसेका चलचित्र निर्माता छवि ओझाले आज बिजया दशमीको टिकाको साईत् पारेर शिल्पा पोखरेलसंग बिबाह गर्दैछन । लामो समयदेखि प्रेममा रहेका छवी ओझा र शिल्पा पोखरेलले दशैको टिकाको दिन (मंगलबार) बिहे गर्न लागेको स्रोतले जानकारी गराएको छ ।
ओझाले चौथो विवाह गर्न लागेका हुन् । ‘एक्लै बस्न नसक्ने भएँ, त्यही भएर अर्को विवाहको तयारीमा छु’ ओझाले भने ‘मेरो चौथो विवाह छिट्टै हुन्छ ।’ शिल्पाले पनि केहि दिन अघि सबै कुरा टिकाको दिन थाहा हुने भन्दै संचारकर्मीसंग बताएकी थिईन् ।
कलाकार रेखा थापा सँग तीन बर्षअघि सम्बन्ध बिच्छेद गरे पनि छबिले कानुनी रुपमा केही महिना अघि सम्बन्ध बिच्छेद गरेका थिए । स्रोतका अनुसार शिल्पा अहिले पनि छबिसँगै बस्दै आएकी छन् । शिल्पाका बुवाले समेत सहमति जनाएपछि उनीहरुबीच विवाह गर्ने योजना बनेको हो ।
दशैको टीकाको दिन शिल्पाका बुवा आमाले टीका लगाएर छवीको आधिकारीक बनाउने गरि तयारी भइरहेको ओझा निकटका एक चलचित्रकर्मीले बताए । शिल्पाको पनि यो दोस्रो बिहे हो । उनले केहि बर्ष अघि डिभोर्स गरेकी थिईन् भने उनको एक छोरी समेत छिन् ।
छविको पहिलो पत्नीसँग डिभोर्स भएको थियो भने दोस्रो पत्नी गीताञ्जली सुनारले आत्महत्या गरेकी थिइन । त्यसपछि छविले रेखासँग विवाह गरेका थिए । करिव १० बर्ष रेखासँग बसेका छवि तीन बर्षअघि मात्र छुट्टिएका थिए ।