११ दलको दर्ता खारेज, ८२ दललाई जरिवाना गर्ने निर्णय

११ दलको दर्ता खारेज, ८२ दललाई जरिवाना गर्ने निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ असोज २०७३
  • 10.6K
    Shares

निर्वाचन आयोगले आय-व्यय विवरण नबुझाउने ११ दलको दर्ता नै खारेज गरेको छ । ८२ दललाई भने १०० रुपैयाँ जरिवाना गरिएको छ । निर्वाचन आयोगको बैठकले नव नेपाल निर्माण पार्टीसहितका ११ दलको दर्ता खारेजको निर्णय गरेको हो । \

खारेज भएका दलमा नवनेपाल निर्माण पार्टी, जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल, तराई मधेस पहाड हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ॐ सेना पार्टी, नवजनवादी पार्टी, नेकपा (माक्र्सवादी), नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसङ्घ पार्टी, नेपाल दलित श्रमिक मोर्चा र नेकपा (एकीकृत) छन् ।
खारेज भएका दलहरुको नाम, निर्वाचन चिन्ह र झण्डा एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले प्रयोग गर्न नपाउने गरी फ्रिज गरिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०५८ अनुसार आयोगले सो निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।

आयोगले ८२ दललाई भने १०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ  र, ३५ दिन भित्र आयोगमा बुझाउन आउने भनिएको छ ।

प्रतिक्रिया