नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ असोज २०७३
  • 13.3K
    Shares

कामिनी राजभण्डारी

कामिनी राजभण्डारीलाई विहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रमुख पदमा नियुक्त गरेको छ । भण्डारी यसअघि टेलिकममै प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक पदमा थिइन् ।

वुद्धिप्रसाद आचार्यको दुई वर्षे कार्यकाल सकिएपछि टेलिकम भदौ १९ गतेदेखि प्रमुखविहीन थियो । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा यसअघि नियुक्त भएका आचार्य गैरप्राविधिक थिए ।

टेलिकमको प्रवन्ध निर्देशकका लागि शुरुमा १३ जनाले आवेदन दिएकामा उनीहरुमध्येबाट पहिलो चरणमा ६ जनाको नाम छनौट लिष्टमा राखिएको थियो । त्यसमध्येबाट अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा पेश गरिएको थियो । सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले अन्तिम तीन जनामा सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया