काश्मीर हमला: १७ सैनिक, ४ विद्रोहीको मृत्यु

काश्मीर हमला: १७ सैनिक, ४ विद्रोहीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ असोज २०७३
  • 14.3K
    Shares

भारतीय सेनाले जनाएअनुसार भारत प्रशासित काश्मीरस्थित एक सैन्य शिविरमा विद्रोही हमलामा परी १७ सैनिक मारिएका छन्।

भारत र पाकिस्तान सीमा क्षेत्रमा पर्ने उक्त शिविरमा भएको आक्रमणपछि चार विद्रोहीको ज्यान गएको सेनाको भनाई छ।

यो काश्मीर क्षेत्रमा हालैका वर्षमा भएको सबैभन्दा घातक हमला हो।

आक्रमणपछि भारतीय सेनाको हेलिकोप्टरबाट घाइते सैनिकहरुलाई अस्पताल लगिएको छ।

पछिल्लो आक्रमणलगत्तै भारतीय गृहमन्त्री राजनाथ सिंहले रुस र अमेरिकाको भ्रमण गर्ने पूर्व निर्धारित कार्यक्रम रद्द गरेका छन्।

भारत प्रशासित काश्मीरमा भारतविरोधी हिंसात्मक प्रदर्शन जारी रहँदा पछिल्लो हमला भएको हो। ती प्रदर्शनका क्रममा विगत दुई महिनामा ८० जनाको मृत्यु भइसकेको छ।

पछिल्लो आक्रमणपछि त्यस क्षेत्रमा हमलामा संलग्न विद्रोहीको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।

प्रतिक्रिया