भारतसँगको सहमतिले चीन दु:खी हुँदैन : प्रचण्ड

भारतसँगको सहमतिले चीन दु:खी हुँदैन : प्रचण्ड


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ असोज २०७३
  • 12.9K
    Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको सहमतिले चीनको सम्बन्धलाई असर नगर्ने दाबी गरेका छन् । भारतको चार दिने राजकीय भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालले सन्तुलित नीति लिएकाले चीनसँगको सम्बन्धमा असर नपर्ने दाबी गरे ।

‘भारत भ्रमणमा भएका सम्झौता र सहकार्यले अर्को छिमेकी मुलुक चीनलाई असर गर्ने अवस्था छैन,’ उनले थपे, ‘भारतसँगको सम्बन्धको आफ्नै आयाम छ, हामी सन्तुलित नीतिका साथ अघि बढेको अवस्थामा चीनसँगको सम्बन्धमा असर पर्दैन ।’

प्रचण्डले दुई देशका विषयमा मात्र नभएर भारत भ्रमण क्षेत्रीय विकासमा केन्द्रीय भएकाले चीनसँगको सम्बन्धमा कुनै असर नपर्ने समेत प्रष्ट पारे । भारत भ्रमणका क्रममा भएका छलफलमा भारत र नेपाल पक्षले व्यापार, पारवहन र विकास निर्माणमा मुद्धामा प्राथमिकता दिएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले चार दिनको भ्रमणले दुई देशको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । ‘भारत भ्रमणले दुई देशको सम्बन्धमा आएको तिक्ततालाई मेटाएर थप सुदृढ बनाएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘अन्तराष्ट्रिय मञ्चमा एउटै मत बनाएर जाने सहमतिले सम्बन्धलाई थप उचाइमा पुर्याएको छ ।’

प्रतिक्रिया