पोखरा र लेखनाथका कार्यकारीको सरुवा

पोखरा र लेखनाथका कार्यकारीको सरुवा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३१ भाद्र २०७३
  • 12K
    Shares

पोखरा उपमहानगरपालिका

पोखरा उपमहानगरपालिका कार्यालयमा एउटा गज्जबको चलन बसेको छ । जो कार्यकारी अधिकृत विदेश भ्रमणमा हुन्छन्, ति कार्यकारी अधिकृतको सरुवा भैहाल्छ । यसअघिका कार्यकारी अधिकृत महेश बराल, उदय बहादुर राना दुवैजनाको सरुवा विदेश भ्रमणका बेला भयो । अहिले फेरी त्यही नियति दोहोरियो । कार्यकारी अधिकृत भीम बहादुर कुँवर जापान भ्रमण सकेर नेपाल नआईपुग्दै उनी सरुवा भए । उनको भूमिसुधार मन्त्रालयमा सरुवा भएको छ ।

तीन महिना अघि पोखरा आएका कुवँर खासै सफल कार्यकारीको रुपमा रहेनन् । गत जेठ २० गते उनी दरबन्दी सहित पोखरा हाजिर भएका थिए । मेरो समय नै प्रतिकुल खालको प¥यो, उनले भने–रिपोर्टिङ गर्दैमा तीन महिना वित्यो, बल्ल काम सुरु भएको थियो सरुवा भयो । उनले कार्यकारी अधिकृतको छिटो छिटो सरुवाका कारण पोखरा विकास हुन नसकेकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने सुझाए । कुवँरको ठाउँमा लेखनाथ घर भएका नबराज ढुंगाना आउने भएका छन् ।

केन्द्रिय तथ्याकं विभागबाट भर्खरै स्थानीय विकास मन्त्रालयमा सरुवा भएका ढुंगाना पोखरा आउने पक्कापक्की भएको छ । यस्तै लेखनाथका कार्यकारी अधिकृत लोक बहादुर भण्डारी पनि भूमी सुधार मन्त्रालयमै सरुवा भएका छन् । अघिल्लो बर्षको असोज १२ गते लेखनाथ आएका भण्डारी आफ्नो कार्यकाल सन्तोषजनक भएको बताउँछन् । ६÷७ महिना अवस्था बुझ्नमै लाग्यो, बल्ल काम गर्ने समय सुरु भएको थियो, सरुवा भयो, उनले भने–यो जुनसुकै कार्यालयमा पनि दुखद कुरा हो । उनले नगरको सरसफाई, सौर्य सडक बत्ति जडान, ताल संरक्षण, सार्वजनिक जग्गा संरक्षण लगाएतका कामको थालनी गरेका थिए । लेखनाथमा भने अहिले नै को आउने भन्ने चर्चा भएको छैन ।

प्रतिक्रिया