दलाई लामाबारे ताइवानलाई चिनियाँ चेतावनी

दलाई लामाबारे ताइवानलाई चिनियाँ चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० भाद्र २०७३
  • 10K
    Shares

चीनले आध्यात्मिक नेता दलाई लामालाई प्रवेश अनुमति दिएको भन्दै बुधबार ताइवानलाई आफूसँगको सम्बन्धमा असर पर्ने चेतावनी दिएको छ । ताइवानका एक सांसदले तिब्बतका निर्वासित आध्यात्मिक नेतालाई ताइवानमा बुधबार आमन्त्रण गरेपछि चीनले यस्तो चेतावनी दिएको हो ।

चीनले ताइवान आफ्नो भूमि भएको दाबी गर्दै आएको छ । ताइवानकी वर्तमान राष्ट्रपति साइ इङ वेनले दलाई लामालाई ताइवान भ्रमण गर्ने अनुमति दिएको भन्दै चीन आक्रोशित भएको हो । दलाई लामाले स्वतन्त्र तिब्बतको माग गर्ने समर्थन गर्ने गरेको चीनको बुझाइ छ ।

ताइवान मामिला हेर्ने चिनियाँ अधिकारी मा सिआओगुआङले सञ्चारकर्मीलाई भने, ‘ताइवानमा दलाई लामाले स्वतन्त्र तिब्बतको माग गर्नेलाई भेटघाट गरी समर्थन गर्न क्छिन् । यस्तो अवस्थामा दलाई लामालाई ताइवानले आमन्त्रण गरेर गल्ती गरेको चिनियाँ भनाइ छ । माले भने, ‘यसबाट ताइवान र चीनबीचको सम्बन्ध प्रभावित हुनसक्छ ।

दलाई लामाबाट ताइवानमा हुन थालेको भ्रमणको हामी विरोध गर्छौं ।’ चीनले आध्यात्मिक नेता दलाई लामाले गर्ने गरेका भ्रमणको विरोध गर्दै आएको छ । उनले स्वतन्त्र तिब्बत पक्षधरलाई सहयोग पुर्‍याउने गरेको चीनको दाबी छ ।

दलाई लामालाई ताइवानका चर्चित गायक एवं चीनविरोधी छवि बनाएका फ्रेडी लिमले आमन्त्रण गरेका हुन् । लिम अघिल्लो निर्वाचनमा ताइवानी संसदका सदस्य बनेका हुन् । गत साता सांसद लिमले भारतको धर्मशालामा दलाई लामालाई भेटेका थिए ।

ताइवान र चीनबीचको सम्बन्धमा उतारचढाव आएको छ । गत वर्ष ताइवानमा नयाँ राष्ट्रपति विजयी भएपछि यस्तो तिक्तता झनै बढेको छ । गत वर्ष पूर्वराष्ट्रपति मा यिङ जियोउको सरकारले चीनसँगको सम्बन्धलाई निकै महत्व दिएको थियो ।

पूर्वराष्ट्रपति माले चीनसँगको सम्बन्ध सुधारका लागि सिंगापुरमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटेका थिए । दुई राष्ट्रपतिबीच वार्ता हुँदा दुवै देशका झण्डा राखिएका थिएनन् । उनी सत्ताबाट हटेपछि चीन-ताइवान सम्बन्धमा कटुता आएको छ । सन् १९८९ मा शान्ति पुरस्कारबाट सम्मानित दलाई लामा कम्युनिस्ट शासनको हस्तक्षेपपछि भारत निर्वासनमा छन् ।

प्रतिक्रिया