चीन र रुसले अमेरिकालाई दिए चेतावनी शक्ति भए युद्ध गर

चीन र रुसले अमेरिकालाई दिए चेतावनी शक्ति भए युद्ध गर


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ भाद्र २०७३
  • 13.2K
    Shares

चीन र रुसको संयुत्त नौसैनिक युद्धअभ्यास शुरू सुरु भएको छ । साउथ चाइना सीमा चिनिया र रसियाली नौसैनिकहरुले सोमबार देखि भयङ्कर युद्धअभ्यास सरु गरेको हो । यस युद्धाभ्यासमा रुसले आफ्नो पाँच वटा सैनिक जहाज र २ वटा लडाकु विमानको सहित नौसैनिकहरु समावेश गरेको छ ।

यसै बीच विवादित साउथ चाइना सीमा चीनको उपस्थितिलाई कडा बिरोध गर्दै आएको अमेरिकालाई भने चीनले शक्ति भए युद्ध लड्न चेतावनी दिएको छ ।

चिनिया मिडिया ग्लोबल टाइम्स भनेको छ , ‘चीन र रूसको यस संयुक्त युद्धअभ्यास देखि कोहि डराउन पर्दैन यदि कोहि देश(अमेरिका) साउथ चाइना सीमा आफ्नो प्रभाब बढाउन चाहन्छ भने उसले दुइ पटक सोच्न पर्छ कि चीन र रूससंग युद्ध लड्न सजिलो छैन ।

केहि समय अघि एक अन्तरवार्तामा अमेरिकी राष्ट्रपति बाराक ओबामाले साउथ चाइना सीमा उदण्डता देखायो भने युद्धको परिणाम भोग्न तयार हुन चीनलाई चेतावनी दिएका थिए ।

‘ज्वाइन्ट सी २०१६’ नाम दिइएको यस चीन र रुसको संयुत्त नौसैनिक युद्धअभ्यास आठ दिन सम्म लगातार चल्ने छ र यसमा अहिले सम्मकै सर्वोच्च स्तरको युद्ध अभ्यास र प्रबिधिहरुको प्रयोग हुने चिनिया नौसेनाको प्रवक्ता लियाग यन्गले बताएका छन ।

प्रतिक्रिया