उधारो रक्सि खाएको पैंसा माग्दा कांग्रेसी नेताले होटलकी साहुनीलाई निर्घात कुटे

उधारो रक्सि खाएको पैंसा माग्दा कांग्रेसी नेताले होटलकी साहुनीलाई निर्घात कुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ भाद्र २०७३
  • 20.4K
    Shares

नेपाली कांग्रेसको भात्रृ संगठन तरुण दल बर्दियाका नगर इन्चार्ज रविन्द्र यादवले बर्दियाको गुलरिया नगरपालिका वडा नं १ मा पुरी लेग पिस संचालन  गर्दै आइरहेका भुपेन्द्र पुरी र उनकी श्रीमती नन्दादेवी पुरीलाई   निर्घात कुटपिट गरेका छन्  । दुइ बर्ष अगाडिको ६ हजार रुपियाँ उधारो रक्सी खाएको पैसा माग्दा नेता यादवले लठ्ठी , मुक्का र लात्तीले दुवै जनालाई निर्घात कुटेका हुन्  ।

शम्भु शरण उच्चमाविका शिक्षक समेत रहेका रविन्द्र यादव र उनका साथीहरुले लेग पिस संचालक भूपेन्द्रलाई एक्कासी कुटपिट गर्न थाले पछि भुपेन्द्र पत्नी नन्दादेवी किन कुटेको भन्दै कोठामा पसेकी थिइन् । नन्दादेवी कोठामा पस्नासाथ यादव र उनका साथीहरुले नन्दादेवीलाई झम्टेका थिए ।

नेताको कुटपिटमा परी भुपेन्द्र पुरी सामान्य घाइते भएका छन् भने उनकी  श्रीमती  नन्दादेवी  पुरीलाइ गम्भीर चोट लागि  जिल्ला अस्पताल गुलरियामा उपचार भैरहेको छ । नन्दादेवी पुरीको टाउको ,हात कम्मर तथा खुटटामा गम्भीर चोट लागेको छ ।

अस्पतालको शैयाबाट टिलपिल आँसु पर्दै पीडित नन्दादेवी पुरीले  भनिन – ‘छोराछोरीको शुल्क विद्यालयमा बुझाउनुपर्ने समय आएको र आफु पनि बिरामी भएकाले उपचार गर्ने पैंसा आफु संग नभएकाले  मैले पुरानो बाँकी रकम यादव संग मागेको थिए , उधारो खाएको पैंसा तिर्नुको साटो उनि त एक्कासी कड्किए । अनि श्रीमान पनि एक दुइ कुरा के के बोल्दै हुनुहुन्थ्यो उल्टै कोठामा लगेर लठ्ठीले हिर्काउन थाले पछि म पनि भित्र पसेको मात्र थिए सबै मैमाथी जाइलागे । लगातार अपशव्द बोल्दै  रविन्द्र यादवले दिनुपर्ने ६ हजार  दिन्न जहाँ  जान्छेस जा भन्दै कुटपिट गरे।

उता कुटपिटको आरोप लागेका शिक्षक तथा  तरुण दलका नगर इन्चार्ज रविन्द्र यादवले आफुहरु मोटरसाइकिलमा स्वही  बाटो जादै गर्दा बाटोमा रोकेर पैसा माग गरेको बताउदै आफुले मदिरा पान नगरेको तर पैसा दिनुपर्ने भए प्रहरी चौकी जाउ भन्दा नमानेकै कारण सो घटना भएको बताए  । नन्दादेविले अनावश्यक हो हल्ला गरेको भन्दै आफुहरुले सामान्य कुटपिट गरेको उनले स्वीकार गरे ।

रविन्द्र यादव स्थानिय शम्भु सरण उमावि खैरापुरमा निमावि राहत दरवन्दिका शिक्षक समेत हुन उनले सो विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउदै आएका छन । यो घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया