अमेरिकी दुई बम बर्षक विमान उत्तर कोरियातर्फ उडे

अमेरिकी दुई बम बर्षक विमान उत्तर कोरियातर्फ उडे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ भाद्र २०७३
  • 9K
    Shares

बम बर्षक विमान

उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिएपछि अमेरिकाले त्यसको कडा जवाफ दिने तयारी गरेको छ । परमाणु परीक्षणलाई उत्तर कोरियाले निरन्तरता दिएको भन्दै अमेरिकी वायु सेनाका दुई बम बर्षक विमान उत्तर कोरियातर्फ उडेका छन् । उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान उडेका हुन् ।

उत्तर कोरियाका मामलाका अमेरिकी विशेष प्रतिनिधि सुग किमले अमेरिकाले उत्तर कोरियाविरुद्ध कडा प्रतिवाद गर्ने तयारी गरिरहेको खुलासा गरेका छन् ।
उत्तर कोरियाले परमाणु परीक्षणको शृङ्खला अन्तर्गत पाँचौ परमाणु परीक्षण गर्ने तयारी गरिराखेका बेला अमेरिकाले चालेको कदमलाई अन्तराष्ट्रिय जगतमा महत्वका साथ हेरिएको छ ।

गत शुक्रबार मात्र उत्तर कोरियाले पुङग्येरीस्थित आफ्नो प्रमुख आणविक परीक्षण केन्द्रबाट गरेको पारमाणविक शक्ति परीक्षले ५.३ म्याग्निच्यूडको कृत्रिम भूकम्प महसुस भएको थियो । उत्तर कोरियाले यस अघि सन् २००६, ००९, २०१३ र यसै वर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परीक्षण गरिसकेको छ ।

अमेरिकाले भने उत्तर कोरियाको परमाणु परीक्षण विरुद्ध अन्तराष्ट्रिय जगत एकजुट हुनुपर्ने बताएको छ। अमेरिकी विशेष प्रतिनिधि किमका अनुसार अमेरिका उत्तर कोरियासँग सार्थक छलफल गर्न समेत सदैव तयार छ ।

उत्तर कोरियाको परमाणु परीक्षणविरुद्ध दक्षिण कोरियाले समेत पटकपटक चेतावनी दिइराखेको छ ।

प्रतिक्रिया