काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मानविकी, व्यवस्थापन तथा शिक्षा विषयको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । विज्ञान विषयको नतिजा साउन २३ गते सार्वजनिक भएको थियो।
परिषका अनुसार सोमबार सार्वजनिक भएको मानविकी, व्यवस्थापन तथा शिक्षा विषयबाट परीक्षार्थीमध्ये ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताए। यी विषयका तीन लाख विद्यार्थी परीक्षामा सहभागी थिए।
विज्ञान विषयमा नियमिततर्फ परीक्षामा सहभागी ४० हजार ६ सय तीन जना विद्यार्थीमध्य ७३ दशमलव ७७ अर्थात २९ हजार ९ सय ५२ जना उत्तीर्ण भएका थिए। त्यस्तै आंशिकतर्फ परीक्षामा सहभागी भएका ९ हजार ७ सय ८१ जनामध्ये ४५ दशमलव १३ प्रतिशत अर्थात ४ हजार ४ सय १४ जना उत्तीर्ण भएका थिए।
शिक्षा ऐन शंसोधनसंगै उच्च माध्यमिक शिक्षा परिषद राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएपछि पहिलो पटक नतिजा सार्वजनिक गरिएको हो । परीक्षाफलwww.neb.ntc.net.np मा हेर्न सकिने छ।