उपेन्द्र यादवको संघिय समाजवादी फोरम फुटको संघारमा, पार्टी भित्र फरक बिचार समुह गठन

उपेन्द्र यादवको संघिय समाजवादी फोरम फुटको संघारमा, पार्टी भित्र फरक बिचार समुह गठन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ माघ २०७२
  • 16.6K
    Shares

उपेन्द्र यादवको नेतृत्वमा रहेको संघिय समाजवादी फोरम नेपालमा भित्र असन्तुष्टहरुले अलग्गै समुह गठन गरेका छन् । केहि दिन अगाडि मात्र सम्पन्न भएको केन्द्रिय समितिको बैठकमा आफुहरुले उठाएको विषयमा पार्टी पंक्ती निरंकुश भएको भन्दै पार्टीका केन्द्रिय सदस्य रिजवान अन्सारीको नेतृत्वमा संघिय समाजवादी फरक विचार समुह गठन गरेका हुन । अन्सारीले भने, संघिय समाजवादीका हरेक निकाय जनसंख्याको अनुपातमा हरेक निकाय समावेशी हुने लगायतको विषयमा पार्टी निरंकुश तरिकाले अगाडि बढेको हुनाले तत्काल फरक विचार समुह गठन गर्नु परेको बताए । उनले भने, हामी जिल्ला स्तर सम्म फरक विचार समुहको छलफलहरु अगाडि बढाउँदै अगामी फाल्गुन ८ गते काठमाडौं राष्ट्रिय कार्यकर्ता भेला गर्ने जानकारी दिनु भयो ।

पार्टी फुटाउन लागेको गरेको प्रश्नमा नेता अन्सारीले भने, हाम्रो चाहना त्यो होइन, हामी पार्टी सच्चिनु पर्छ भन्ने मान्यता हो, तर पार्टीले हाम्रो विचारलाई नजरअन्दाज गरेर अगाडि बढे भोली जे पनि हुन सक्ने बताउनु भयो । नेता अन्सारीको नेतृत्वमा ९ सदस्यीय फरक विचार स समुह गठन गरेका छन् । समितिमा आदिवासी जनजाति लगायतका विभिन्न क्षेत्रका असन्तुष्ट नेताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया