रुसी राष्ट्रपतिको कार सडकमा ठोक्कियो, चालकको मृत्यु (भिडियो)

रुसी राष्ट्रपतिको कार सडकमा ठोक्कियो, चालकको मृत्यु (भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ भाद्र २०७३
  • 11.8K
    Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटनाग्रस्त हुँदा उनका चालकको मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्ययमका अनुसार पुटिनको बीएमडब्ल्यू कार दुर्घटनाग्रस्त भएको हो । पुटिनको कारलाई विपरीत दिशाबाट आएको अर्को कारले ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

रुसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको उक्त कार पुटिनका अनुभवी चालकले चलाएका थिए । पुटिनको कारसँग ठक्कर खाएका मर्सिडिज कारका चालक भने गम्भीर घाइते छन् ।

रुसी अधिकारीहरुले दुर्घटनामा मृत्यु भएका चालकको परिचय भने अझै खुलाएका छैनन् । मृतक चालक चार दशकअघिदेखि रुसको सरकारी सेवामा कार्यरत रहेको र पछिल्लो समय राष्ट्रपति पुटिनका विश्वासिला चालक थिए ।  अन्तराष्ट्रिय सञ्चार माध्ययमले कार दुर्घटना हुँदा पुटिन भने कारमा नरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया