५० लाख माग्दै नदिए अपहरण गर्ने धम्की दिएको आरोपमा पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पक्राउ परे । गुप्तालाई सहयोग गरेको आरोपमा प्रहरीले ललितपुर भैंसेपाटी प्रभागका इन्स्पेक्टर प्रहरी निरिक्षक् अनिल पण्डितलाई पनि ललितपुर परिसरको टोलीले पक्राउ गरेको छ ।
इन्स्पेक्टर पण्डितले सहयोग गरेबापत गुप्तासँग ५० लाख रुपैयाँ मागेका थिए । त्यसबापत ७५ हजार लिइसकेको पनि ललितपुर प्रहरी परिसरको अनुसन्धानबाट खुलेको छ । पुर्वमन्त्री गुप्ता र प्रहरी निरिक्षक पण्डित बीच डिल्लीबजार कारागारमा बस्दा चिनजान भएको थियो । करिब ५ महिना अगाडि भैंसेपाटी प्रभागको नेतृत्व गर्न पुगेका इन्स्पेक्टर पण्डितको लामो समयदेखि गुप्तासँग सम्बन्ध रहेको पनि भेटिएको छ ।
गुप्ता अपहरण शरीर बन्धक मुद्धामा ३ वर्ष कैद सजाय भुक्तान गरी केही समय अघि मात्र छुटेका थिए । तर, ललितपुर प्रहरीले उनलाई सोमबार पक्राउ पर्यो । उनीमाथि आरोप छ कि ललितपुर धोवीघाटस्थित रेड रोज ईन्टरनेशनल मेनपावर सञ्चालिका तारा रेग्मीलाई ५० लाख मागेको र रकम नदिए अपहरण गर्ने धम्की दिएको ।
गुप्ताले ३ महिनादेखि पटक-पटक भेटघाट तथा कार्यालय र मोबाईलमा समेत फोन गरी ५० लाख मागेको र नदिए अपहरण गर्ने धम्की दिएको रेग्मीको उजुरी छ । तर, प्रहरी अनुसन्धानका क्रममा चितवन भरतपुर-४ नारायणगढकी ४२ बर्षीया तारा पनि पक्राउ परेकी छन् । पुर्व भलिवल खेलाडी समेत रहेकी उनी चर्चित हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भएको व्यक्ति भएको खुलेपछि ललितपुर प्रहरीले पक्राउ परेकी हुन् ।
उनी आफ्नै पत्नी गिता ढकालको हत्या गर्ने सशस्त्र प्रहरीका तत्कालीन डीआईजीकी ‘प्रेमिका’ हुन् । अझ स्पस्ट भन्नुपर्दा उनि श्रीमती हत्यामा जेल परेका सशस्त्र प्रहरीका डिआईजी रञ्जन कोईरालाकी अवैध श्रीमती तारा रेग्मी हुन । जसलाई रञ्जन पत्नी गिता ढकालको हत्यामा मतियार भएको ठहर गर्दै अदालतले १ वर्ष कैद सजाय सुनाएको थियो । जसमध्ये ११ महिना १० दिन कैद भुक्तान गर्न बाँकी छ । यो पत्ता लागेपछि प्रहरी तारा रेग्मीलाई नियन्त्रणमा लिएर काठमाडौ जिल्ला अदालत पठाएको छ ।
राज्यका विभिन्न आहोदामा रहेका व्यक्तिहरुलाई हातमा मिएर अबैध काम गराउन खप्पिस मानिन्छिन रेग्मी । उनको यही मायावी जालमा सशस्त्र प्रहरी बलको आईजीपीको लाईनमा रहेका रञ्जन परेका थिए । रेग्मीको थुप्रै राजनीतिक तथा कर्मचारीको उच्च ओहोदामा रहेका व्यक्तिहरुसंग राम्रो सम्बन्ध रहेको स्रोत बताउँछ ।