पूर्वमन्त्री गुप्ता पक्राउ

पूर्वमन्त्री गुप्ता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० भाद्र २०७३
  • 10.1K
    Shares

पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरकी एक महिला उद्यमीलाई धम्काएर पैसा मागेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

ललितपुरबाट गुप्तालाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले बताए। गुप्ताले ती महिलालाई पैसा नदिए अपहरण गर्ने धम्कीसमेत दिएका थिए।

गुप्ता यसअघि व्यापारी पवन संघाइको अपहरण आरोपमा पक्राउ गरेका थिए। उक्त अभियोगमा तीन वर्ष जेल सजायँ भुक्तान गरी उनी छुटेका थिए। गुप्ता पूर्व आपूर्तिमन्त्री हुन्।

प्रतिक्रिया