चिनियाँ अधिकारीले अमेरिकी सुरक्षा सल्लाहकारलाई झपारे, आफूमाथि कूटनीतिक अभद्रता प्रदर्शन गरेको ओबामाको आरोप

चिनियाँ अधिकारीले अमेरिकी सुरक्षा सल्लाहकारलाई झपारे, आफूमाथि कूटनीतिक अभद्रता प्रदर्शन गरेको ओबामाको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ भाद्र २०७३
  • 12.7K
    Shares

जी–ट्वान्टी सम्‍मेलनमा सहभागी क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आउँदा चीनको हाङझाउमा जुन किसिमले स्वागत गरियो , अमेरिकी राष्ट्रपति बाराक ओबामा ओर्लदा भने भएन i ओबामाको हवाईजहाज अवतरण गर्ने बित्तिकै ओरिपरि निलो फिताले घेरियो /

अमेरिकी राष्ट्रपति जहाजबाट ओर्लनु अघि उनिसंगै आएका पत्रकारहरु , फोटोग्राफरहरु उत्रेर राष्ट्रपति उत्रन लागेको फोटो लिने आम प्रचलन छ / सोहि अनुरुप फोटो पत्रकारहरु सुरक्षा सल्लाहकार सुसान राइस लगायतका मानिसहरु बिमानबाट उत्रे र निलो फिता नाघेर जान कोशिस गरे / त्यसै बखत एक चिनियाँ सुरक्षा अधिकारी ले अमेरिकी हरु लाइ झपारे / उक्त समयमा सुसान राइसले “यो अमेरिकी राष्ट्रपतिको बिमान हो” भनेर धौंस देखाइन , तर चिनियाँ अधिकारी पटक्कै हच्केनन र उल्टै ” यो हाम्रो देश हो र यो हाम्रो एयरपोर्ट हो ” भनेर सुसानलाइ उत्तर दिए /
उता पुटिन ओर्लने बेलामा रातो कार्पेट बिच्छ्याएको थियो भने पुटिनले चिनियाँ राष्ट्रपति सी जिन पिङ्गको लागि रुसी आइस क्रिम उपहार स्वरुप ल्याएका थिए / पुटिन ले ” मैले तपाईं को लागि आइस क्रिम ल्याउने बाचा गरेको थिएँ , सोहि अनुरुप १ बक्स ल्याएको छु ” भनेर उपहार चिनियाँ राष्ट्रपति लाइ टक्र्याए /

चिनियाँ राष्ट्रपति ले पुटिन लाइ धन्यबाद दिंदै ” मेरो रुस को प्रत्येक भ्रमण मा स्वादिलो रुसी आइस क्रिम खरिद गरेर घर ल्याएर खाने बानि छ ” भने /ओबामा को यो सम्भबत चिन को अन्तिम भ्रमण हो /

जी -२० का नेता हरु को सामुहिक फोटो लिंदा पनि ओबामा एक कुना मा एक्लै र पुटिन अर्को कुन मा टर्की का राष्ट्रपति संग कुराकानी गरिरहेको अवस्था मा देखिन्थे / यस बाट पनि ओबामा नर्बस भएका जस्ता देखिन्थे / यो भन्दा अगाडी ब्रिक्स देश का प्रमुख हरु को अलग्गै फोटो सेसन भएको थियो , यसले समेत अमेरिकी हरु लाइ निराश बनाएको थियो / यसरि दिन पर दिन चिन र रुस को बीच मा सम्बन्ध अमेरिकी हरु लाइ डाह हुने किसिम ले बिकसित हुदै गईरहेको छ/

जी–२० सम्मेलनका क्रममा आफूमाथि कूटनीतिक अभद्रता प्रदर्शन गरेको आरोप

जी–ट्वान्टी सम्‍मेलनका क्रममा चीनको हाङझाउ पुगेका बेला आफूप्रति कूटनीतिक अभद्रता’ प्रदर्शन गरिएको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले असन्तुष्टि प्रकट गरेका छन् । शनिबार आफू र आफ्नो टोलीमाथि भएको व्यवहारप्रति ओबामाले असन्तुष्टि पोखेका हुन् । अमेरिकी र चिनियाँ मूल्यमान्यता फरक भएका कारण यस्तो भएको आरोप उनले लगाए ।

यसै घटनाबाट पनि चीन र अमेरिकाको मूल्यमा भएको पृथक्ता स्पष्ट भएको उनको भनाइ छ ।

शनिबार विमानस्थलमा चिनियाँ अधिकारीले अमेरिकी सञ्चारमाध्यम र अन्य अमेरिकी अधिकारीलाई सुरक्षाको कारण देखाउँदै ओबामाको विमाननजिकै जान दिएका थिएनन् ।

अमेरिकी अधिकारीले आफू ओबामासम्म पुग्न पाउनुपर्ने भन्दै आपत्ति प्रकट गरे पनि त्यो सम्भव भएको थिएन । यो अमेरिकी विमान भएको भन्दै अमेरिकी अधिकारीले त्यहाँसम्म जान पाउनुपर्ने माग राखेपछि चिनियाँ अधिकारीले उक्त विमानस्थल चीनको भएको जबाफ दिएका थिए । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइस र ह्वाइट हाउसको प्रेस हेर्ने अधिकारीमाथि पनि चिनियाँ अधिकारीले सुरक्षा जाँच गरेका थिए ।

यसै विषयलाई लिएर ओबामाले मानवअधिकार र प्रेस स्वतन्त्रताप्रतिको चिनियाँ दृष्टिकोण भन्दै व्यंग्य गरेका थिए । यो व्यवहार नै दुई देशबीच पाइने प्रेस र स्वतन्त्रताप्रतिको फरक भएको उनको भनाइ थियो । ओबामाले यो विषय बेलायती प्रधानमन्त्री टेरेसा मेसँग पनि उठाएका थिए । चीनको यस्तो व्यवहार पहिलोपटक नभएको भन्दै उनले टिप्पणी गरेका थिए ।

उनले भने, ‘हामीले गरेको कामसम्म प्रेसको निर्बाध पहुँच हुनुपर्छ । हामीले यात्राका क्रममा पनि यस्ता आदर्शको सम्मान गर्छौं ।’

अरू मुलुक यात्राका क्रममा अमेरिकी अधिकारीको सुरक्षा जाँच र ती अधिकारीलाई विशेष छुट दिइएको हुन्छ । विमानबाट उत्रनासाथ अमेरिकी राष्ट्रपतिको तस्बिर दिन त्यस्तो छुट दिइने अमेरिकी भनाइ छ ।

यसअघि ओबामाको आगमनमा समेत उनलाई नियोजित रूपले रातो कार्पेटबाट हिँड्न अमेरिकी सरकारले वञ्चित गरेको थियो । उनलाई चिनियाँ सरकारले एयरफोर्स विमानबाट ओर्लने क्रममा सिँढीको समेत व्यवस्था गरेको थिएन । जी–ट्वान्टी सम्मेलनमा पुगेका संसारभरिका अन्य १८ नेताका लागि भने चिनियाँ प्रशासनले रातो कार्पेटको व्यवस्था गरेको थियो ।
००
रूस दोषी: अमेरिका
अमेरिकाले सिरिया द्वन्द्वबारे सहमतिमा पुग्न नसक्नुमा रूस दोषी रहेको पनि आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसअघि सिरिया द्वन्द्व अन्त्यका लगि सहमति गर्न रूस र अमेरिका चौबीसै घन्टा लागिपरेको बताएका थिए । विश्व अर्थतन्त्रका प्रमुख २० प्रमुख अर्थतन्त्रको समूह ‘जी–ट्वान्टी’ को शिखर सम्मेलनका अमेरिकी राष्ट्रपति ओबामाले भने, ‘सिरिया द्वन्द्व समाधानमा लागि लागिपरे पनि यसलाई सल्टाउन निकै कठिन छ । यो साह्रै कठिन काम देखिएको छ ।’

अमेरिकाले सिरिया समस्या सम्बन्धमा हल भएका भनिएका मुद्दाबाट पछि हटी फेरि यसमा छलफल चलाउनुपर्ने बताएपछि अहिलेलाई सहमति प्रयास अन्त्य भएको बताए ।

राष्ट्रपति ओबामाले अमेरिकी विदेशमन्त्री जोन केरी र रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले यस विषयमा सोमबार पुनः भेट गर्ने जानकारी दिएका छन् ।

अमेरिकी विदेशमन्त्री केरीले भने, ‘हामी आज आइतबार राति केही विषयमा पुनर्विचार गर्दैछौं । यसमा एक दुई तर जटिल मुद्दाबारे पुनर्मूल्यांकन गरी सोमबार पुनः भेट्नेछौं ।’ जटिल मुद्दा के हुन् भन्नेबारे केरीले केही पनि बताएनन् ।

प्रतिक्रिया