काभ्रे तरुण दलमा कुटाकुट भएको छ । स्वास्थ्यमन्त्री गगन थापा निकट गुन्डाहरुले कांग्रेसका क्षेत्रीय सभापति महेश खरेलमाथि कुटपिट गरेका हुन्। काभ्रेको पाँचखालमा बिहिबार उनीमाथि आक्रमण भएको छ ।
गगन थापा निकट गुन्डा नाइके संजीव लामा ‘स्याल’को समूहले उनीमाथि आक्रमण गरेको हो । तरुण दलको अधिबेशनको विषयमा छलफल भइरहेका बेला दिल बहादुर लामा लगायतले उनीमाथि आक्रमण गरेका हुन् । खरेलको घाँटीमा चोट लागेको छ ।
दिल बहादुर संजीव लामाका सहयोगी हुन् । खरेल शेर बहादुर देउवा प्यानलका नेता हुन् भने स्याल कृष्ण सिटौला र गगन थापा गुटमा हुन् । संजीव स्याललाई गगन थापाले सहयोग गर्दै आएका छन् । आक्रमणपछि आफुलाई मारेपनि आफ्नो सिद्धान्तलाई मार्न नसक्ने बताएका छन् । दृश्टीन्यूजमा खबर छ ।