धर्मगुरु रामरहिमले पत्रकार हत्या गरेकाे पाइएपछि आजीवन कारावासकाे सजायँ

धर्मगुरु रामरहिमले पत्रकार हत्या गरेकाे पाइएपछि आजीवन कारावासकाे सजायँ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ माघ २०७५
  • 6.7K
    Shares

धर्मगुरु राम रहिम

बलात्कारका दोषी धर्मगुरु रामरहिमले पत्रकार हत्या गरेकाे पाइएपछि आजीवन कारावासकाे सजायँ
सन् २०१७ मा दुई महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएका भारतिय धर्मगुरु रामरहिम सिंहलाई पत्रकारको हत्या आरोपमा आजिवन कारावास सजायँ सुनाइएको छ ।

बलात्कारको दोषमा जेल सजाय काटिरहेका रामरहिममाथि सन् २००२ मा एक जना पत्रकारको हत्याका समेत दोषी पाइएपश्चात यो सजाय सुनाइएको हो ।

यसअघि, डेरा सच्चा सौदा समूहका नेता गुरमित रामरहिम सिंहलाई सन् २०१७ मा दुई महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको थियो। उनको समुदायभित्र रहेका महिलाहरूविरुद्ध उनले गरेका यौन दुर्व्यवहारका घटना उजागर गरिदिएका एक पत्रकारको हत्यामा दोषी पाइएपछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको हो।

सिर्साको उत्तरपश्चिममा अवस्थित डेराको मुख्य कार्यालयमा भएका यौन दुराचारको खबर बाहिर ल्याएपछि पत्रिकाका सम्पादक रामचन्दर छत्रपतिको गोली हानी हत्या गरिएको थियो।

सुनुवाइको समयमा हरियाना राज्य र डेराका अनुयायीहरूको बाक्लो उपस्थिति भएका पञ्जाबका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।पत्रकार छत्रपतिले रामरहिमले महिला अनुयायिहरुमाथि गर्ने अन्याय र बलात्कारका घटनाहरु बाहिर ल्याउने साहस गरेका थिए ।

प्रतिक्रिया