मोटरसाइकलमा आएको समूहले प्रहार गरेको गोली लागेर गम्भीर घाइते बनेका सप्तरीक प्रहरी हवल्दार महेन्द्र चतरी यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ । उनलाई सप्तरीमा बुधबार राति ८:१५ बजे अज्ञात समूहले गोली प्रहार गरेको थियो ।
खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका प्रहरी चौकी विसनपुरका हवल्दार यादवको कम्मरभन्दा माथि गोली लागेको छ
प्रहरी उपरीक्षक राजेन्द्र विष्टका अनुसार, घटनास्थलमा सशस्त्र समूह प्रगतीशिल तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ। गोली हान्ने समुहको खोजी कार्यका लागि व्यापक प्रहरी परिचालन गरिएको प्रहरीको भनाई छ।