युरोपीय संघबाट ब्रिटेन अलग हुने योजना (ब्रेक्जिट डिल) बेलायती संसदबाट भारी मतले अस्वीकृत

युरोपीय संघबाट ब्रिटेन अलग हुने योजना (ब्रेक्जिट डिल) बेलायती संसदबाट भारी मतले अस्वीकृत


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ माघ २०७५
  • 7.1K
    Shares

प्रधानमन्त्री टेरिजा मेको युरोपीय संघबाट ब्रिटेन अलग हुने योजना (ब्रेक्जिट डिल) बेलायती संसदबाट भारी मतले अस्वीकृत भएको छ । प्रधानमन्त्री मेको प्रस्तावका पक्षमा २०२ सांसदले समर्थन गरे भने विपक्षमा ४३२ सांसदले मत दिए । प्रधानमन्त्री मेकै कन्जरभेटिभ पार्टीका ११८ सांसदले पनि ब्रेक्जिट डिलको विपक्षमा मत दिए । तर विपक्षी लेबर पार्टीका तीन सांसदले भने ब्रेक्जिट डिलको पक्षमा मत दिए ।

बेलायती संसदको इतिहासमा कुनै पनि प्रस्तावमा सरकारी प्रस्तावको यो सबैभन्दा ठूलो हार हो । प्रधानमन्त्रीको योजनाको ऐतिहासिक हारपछि लेबर पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले भनेका छन् कि जसरी प्रधानमन्त्रीको ब्रेक्जिट डिल खारेज भयो, उसले प्रष्ट भएको छ कि सरकारले संसदको विश्वास गुमायो । सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबार बहस हुनेछ ।

 

प्रतिक्रिया