पोखराको ढुंगेसाँघु मेला हेर्न हेर्न आएका महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई जनालाई रंगेहात पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नम्बर २३ बस्ने १८ बर्षका निरज राय यादव र सोही जिल्लाको निचुटा बस्ने वर्ष १८ का विकास सिं छन् ।
ढुंगेसाँघु मेलामा यसअघि पनि लुटपाट र चोरीका घटना भैरहेको अनुभव गरेको प्रहरीले यस्ता घटना हुन नदिन विशेष निगरानी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदाम पोखरा प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए । उनीहरुलाई थप अनुसन्धान भैरहेको र पक्राउ परेकालाई चोरी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ ।