सल्यान जिल्लाको बागचौर नगरपालिकास्थित जनकल्याण नमूना माध्यमिक विद्यालयको कक्षा १० मा पढ्ने विशाल बस्नेत शिक्षकको कुटाईबाट घाइते भएका छन ।
विशालका बुबा तेजबहादुर बस्नेतका अनुसार, शिक्षकको कुटाईबाट विशालको पेट, टाउको र छातीमा चोट लागेको छ । आफूलाई सहायक प्रधानध्यापक तुलसीराम बस्नेत र शिक्षक यामबहादुर घर्तीले कुटपिट गरेको विशालको भनाई छ ।
विशालको श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले अहिले भने उनको अवस्था सामान्य रहेको जनाएको छ ।