विप्लव निकट ने.क.पा. निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले शैक्षिक माफिया र दलालकाबिरुद्ध एकजुट भएर लड्न सम्पूर्ण विद्यार्थीहरुसंग आव्हान गरेका छन् ।
अखिल (क्रान्तिकारी) लमजुङ जिल्लाको २१औँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ढकालले त्यस्तो आव्हान गरेका हुन् ।
ने.क.पा.का लमजुङ जिल्ला इन्चार्ज निरु थापाले बिद्यार्थीहरु शैक्षिक् क्षेत्रमा देखिएका बिकृति र विसंगतिहरुबिरुद्ध अभियान लिएर गाउँ-गाउँ र टोल-टोलमा रहेका विद्यालयहरुमा पुग्नुप्ररने आवस्यकता औंल्याए ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) की केन्द्रीय सचीव सन्तोसी भट्टराई, नेकपा लमजुङ सेक्रेटरी विनोद सोनाम, लमजुङ जनसरकार प्रमुख गौरव, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा गण्डक संयोजक मिलन राईले पनि अतिथिका रुपमा आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा चुनु-शिल्पा सांस्कृतिक परिवारका कलाकारहरुले विभिन्न खालका नृत्य प्रस्तुत गरेका थिए भने उद्घाटन हुनुपुर्व सैयौंको संख्यामा रहेका बिद्यार्थीहरुले र्याली पनि गरेका थिए ।
यसैबीच सम्मेलनले शुनिल कुमालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।


