सशस्त्रका पूर्व एआईजी भट्टराई भ्रष्ट्रचारी ठहर, नौ महिना जेल र ७० लाख जरिवाना

सशस्त्रका पूर्व एआईजी भट्टराई भ्रष्ट्रचारी ठहर, नौ महिना जेल र ७० लाख जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ पुष २०७५
  • 6.7K
    Shares

विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्ट्रचारी ठहर गर्दै  ९ महिना जेल सजाय र ६९ लाख ८७ हजार २ सय २५ रूपयाँ जरिवाना र विगोजफत हुने फैसला सुनाएको छ ।

विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको ईजलासले श्रेष्ठलाई गैरकानुनी सम्पति आर्जन मुद्दामा भ्रष्ट्रचारी ठहर गरेको हो । पूर्व एआइजी भट्टराई हाल नयाँ शक्ति नेपाल, गोरखाका संयोजक छन्।
अख्तियारले भट्टराई विरूद्ध एक करोड ९१ लाख ९६ लाख ३६ हजार ८ सय ८१ रूपयाँ ४५ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया